५ कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो, १६ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार समान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले घटेर २७६९ बिन्दुमा झरेको हो । 

नेप्सेका अनुसार ८८ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

सोमबार ३३२ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारेबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनरको भएको छ । हिमालयनको ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै आँखु खोला जलविद्युतको ५६ करोड, मन्जुश्री फाइनान्सको ५२ करोड, एसवाई प्यानलको ५० करोड र बन्दिपुर केबलकारको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, हिमस्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट र माउन्टेन हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।   

सोमबारको कारोबारमा १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै १.६७ प्रतिशत बढेको हो । जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो ।

Share News