कछुवा बिक्री गर्दै हिँड्ने तिवारी ललितपुरबाट पक्राउ

काठमाडौं । कछुवा बिक्री गर्ने एक व्यक्ति ललितपुरबाट पक्राउ परेका छन् । ललितपुर महानगरपालिका ३ धोबिघाटबाट १९ वर्षीय रोहिम तिवारीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । 

अवैध रूपमा संरक्षित वन्यजन्तु जीवित ‘कछुवा’ ओसारपसार गरी खरिद बिक्री गर्न बोकी हिँडेको भन्ने विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको सीआईबीका सूचना अधिकारी श्यामबाबु ओलियाले जानकारी दिए।

उनका अनुसार पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको छ ।

चितवन भरतपुर महानगरपालिका वडा नम्बर १६ का तिवारी ललितपुर महानगरपालिका वडा नम्बर ३ धोबिघाटमा बस्दै आएका थिए ।

Share News