उम्मेदवारले बैंकमा एकै प्रकृतिका दुई खाता खोल्न पाउने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारले एकै प्रकृतिका दुई खाता खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारका लागि यस्तो सुविधाको व्यवस्था गरेको हो।

राष्ट्र बैंकले निर्वाचन आयोग नेपालको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले उम्मेदवारको खाता खोल्न सक्ने व्यवस्था गरेको हो । यस्तो खाता आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने राष्ट्र बैंकको भनाइ छ । 

प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूको सिफारिसमा निर्वाचन अभियान समूहमा नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्न सक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) को छुट्टै एउटा बैंक खाता खोली कारोबार सञ्चालन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । 

null

Share News