काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । पछिल्ला चार दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर बढ्दै नयाँ–नयाँ रेकर्ड कायम गर्दै आएको हो ।
मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, मंगलबार चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढ्दै नयाँ रेकर्ड बनाएको छ । बजारमा चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।
लगातार बढ्दो मूल्यसँगै सुन र चाँदी दुवैले अघिल्ला सबै रेकर्ड तोड्दै ऐतिहासिक उचाइ कायम गरेका छन् ।