सर्लाहीमा मतदातासँग भेटघाट गर्दै गगन, यस्तो छ आज दिनभरको कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्रका मददातासँगको भेटघाटमा व्यस्त छन् । सोमबार मध्यान्ह सर्लाही पुगेका थापाले मंगलबार (आज) बाट स्थानीय नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरिरहेका हुन् ।

स्थानीय कांग्रेस नेता रघु कार्कीका अनुसार थापाले आज बलरा गाउँपालिकास्तरीय स्थानिय नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसैको तयारीस्वरूप थापा अहिले अगुवा कार्यकर्तासँग भेटघाट गरिरहेका छन्। 

आज अपरान्ह १ बजे गगनले बलराका अगुवा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिए ।

बलराको कार्यक्रम सकिएपछि थापा अर्को दक्षिणी पालिका गोडैचा नगरपालिका पुग्नेछन् । 

थापाले गोडैचामा पनि सम्बोधन गर्ने र स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको कार्कीले जानकारी दिए ।

त्यसपछि समय रह्यो भने थापाले दक्षिणी पालिकामै भेटघाट गर्नेछन् ।

Share News