हवाई दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री पवारको निधन, जहाज अवतरणका क्रममा चिप्लिएको थियो

काठमाडौं । महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी निधन भएको छ । मुम्बईबाट निजी विमानबाट पवार बारामती जाने क्रममा बारामतीमा उनी सवार विमान दुर्घटनामा परेर निधन भएको हो । 

भारतीय सञ्चार माध्यमहरुका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो । बारामतीमा अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएको थियो ।

विमानमा अजीतका साथै उनका पर्सनल असिस्टेन्ट, सुरक्षाकर्मी र विमान दलका सदस्य थिए । सवार सबैको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

Share News