ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब २५ करोड रुपैयाँ, निक्षेप संकलन ६ खर्ब नाघ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ६.५० प्रतिशत बढेर ३ अर्ब २५ करोड २१ लाख १७ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशत घटेर ८ अर्ब २ करोड २३ लाख १७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८ अर्ब २९ करोड ८५ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ९.७४ प्रतिशत बढेर १ अर्ब ७५ करोड ६२ लाख ५५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.६९ प्रतिशत बढेर १० अर्ब ८७ करोड ९ लाख ३२ हजार रुपैयाँ, सञ्चालन नाफा १.७२ प्रतिशत बढेर ४ अर्ब २७ करोड ६३ लाख २७ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४२ करोड ६६ लाख ७५ हजार रुपैयाँ रहेको छ । 

३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २६ अर्ब २७ करोड ८ लाख ४८ हजार रुपैयाँ रहेको छ । 

पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन १०.०३ प्रतिशत बढेर ६ खर्ब ५ अर्ब ८८ करोड २ लाख ७८ हजार रुपैयाँ र कर्जा प्रवाह ५.५७ प्रतिशत बढेर ४ खर्ब ३२ अर्ब ९६ करोड ७२ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ५ खर्ब ५० अर्ब ६२ करोड ८५ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब ११ करोड ३९ लाख ३३ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । 

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७१.५५ प्रतिशत छ । यस्तै, बैंकको आधार दर ५.१६ प्रतिशत छ । 

बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १.०४ रुपैयाँ बढेर १७.०६ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७५.२९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.२४ गुणा छ । 

गत वर्षको पुसमा ४.८६ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा ४.९१ प्रतिशत रहेको छ ।  

Share News