बैंकहरूको नाफा साढे ३० अर्ब रुपैयाँ, कुमारीले ८८६.५० प्रतिशत बढायो, नबिलको सबैभन्दा धेरै

काठमाडौं । वाणिज्य बैंकहरुले ६ महिनामा साढे ३० अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकले ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ नाफा गरेका हुन् । 

यो नाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा ११.५० प्रतिशत अर्थात् ३ अर्ब १५ करोड ६९ लाख रुपैयाँ बढी हो । गत वर्षको पुसमा बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

चालु आवको पुसमा सबैभन्दा धेरै नाफा कुमारी बैंकको वृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमासमा कुमारी बैंकको ८८६.५० प्रतिशत बढेर २ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २७ करोड ५७ लाख रुपैयाँ मात्रै नाफा गरेको थियो । 

चालु आवको ६ महिनामा नेपाल बैंकको १८३ प्रतिशत बढेर १ अर्ब ३० करोड ४८ लाख ५२ हजार रुपैयाँ, सिद्धार्थ बैंकको  १ अर्ब ३२ करोड ६६ लाख ५३ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १३२ प्रतिशत बढेर १ अर्ब ७७ करोड ५ लाख ६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । 

यस्तै, पुस मसान्तमा नबिल बैंकको ४६.७० प्रतिशत बढेर ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यससँगै वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल नम्बर वान बनेको छ । गत वर्षको पुसमा नबिलको नाफा ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ थियो । 

समीक्षा अवधिमा माछापुच्छ«े बैंकको ११ करोड ११ लाख ७३ हजार रुपैयाँ, सानिमा बैंकको १६.६७ प्रतिशत बढेर १ अर्ब ३९ करोड १० लाख ७५ हजार रुपैयाँ, नेपाल एसबीआई बैंकको १४.५५ प्रतिशत बढेर १ अर्ब ३ करोड १३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । 

यस्तै, प्राइम बैंकको ९.२७ प्रतिशत बढेर २ अर्ब ४ करोड ३३ लाख ७८ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको ६.५० प्रतिशत बढेर ३ अर्ब २५ करोड २१ लाख १७ हजार रुपैयाँ, एभरेष्ट बैंकको २.०४ प्रतिशत बढेर २ अर्ब ११ करोड ७१ लाख १६ हजार रुपैयाँ नाफा गरेका छन् । 
समीक्षा अवधिमा विभिन्न ८ बैंकको नाफा घटेको छ । सिटिजन्स बैंकको ४५.७७ प्रतिशत घटेर ३५ करोड ८८ लाख ५८ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) ४३.०४ प्रतिशत घटेर १ अर्ब ६१ करोड ३० लाख ३४ हजार रुपैयाँ, कृषि विकास बैंकको २६.१२ प्रतिशत घटेर ७० करोड ७४ लाख २६ हजार रुपैयाँ, प्रभु बैंकको २४.०७ प्रतिशत घटेर १ अर्ब १ करोड ४४ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । 

एनएमबि बैंकको १७.७१ प्रतिशत घटेर १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १६.२८९ प्रतिशत घटेर १ अर्ब ३७ करोड ३३ लाख २४ हजार रुपैयाँ, हिमालयन बैंकको १४.८८ प्रतिशत घटेर १ अर्ब २९ करोड २६ लाख ८१ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको १३.५३ प्रतिशत घटेर १३ करोड ११ लाख ९१ हजार रुपैयाँ नाफा गरेका छन् । 

तर, समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंकको नाफा भने ऋणात्मक रहेको छ । पुस मसान्तमा लक्ष्मी सनराइजको नाफा २७ करोड ३६ लाख १५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । 

null

Share News