कपिलवस्तुबाट १७ लाख बढी मूल्यको सामानसहित गाडी नियन्त्रणमा

काठमाडौं । कपिलवस्तु प्रहरीले भन्सार छलेर ल्याए फलफूलसहित सवारीसाधन बरामद गरेको छ । प्रहरीले १७ लाख १४ हजार १ सय रुपैयाँ बराबरको सामानसहित सवारीसाधन बरामद गरेको हो । 

आइतबार करिब ५ बजे इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको टोलीले चेकजाँच गर्दा भारतबाट नेपाल आउँदै गरेको सवारीसाधनमा भन्सार छलेर ल्याएको फलफूल बरामद गरेको थियो । 

लु ३ च १११७ नम्बरको सवारीसाधन, २५ वर्षीय चालक मोहम्मद अकरम र सहचालक २५ वर्षीय प्रदीप कुमार चौधरीलाई नियन्त्रणमा लिएर कृष्णनगर भन्सार कार्यालय पठाइएको सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।

त्यसैगरी, सोमबार भन्सार छली चोरी निकासी पैठारी गरी अवैध रुपमा नेपालतर्फ ल्याएका सामान प्रहरी टोलीलाई देखी छोडेर भागेका थिए । वेवारिसे अवस्थामा छाडेका अन्दाजी मूल्य र १ लाख ०९ हजार ३०० रुपैयाँ बराबरको फलफुलहरु (केरा, जुनार, अंगुर) फेला पारी रितपूर्वक बरामद गरिएको थियो ।

आवश्यक कारवाहीको लागी कृष्णनगर भन्सार कार्यालय पठाईएको सूचना अधिकारीले जानकारी दिए ।  

Share News