कांग्रेस पूर्व सांसदहरू आज सर्वोच्च नजाने

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसदहरूको आज बिहीबार सर्वोच्च अदालत जाने कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग समय नमिलेका कारण प्रतिनिधिमण्डलको भ्रमण रोकिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले जारी गरेको सूचनामा विशेष कारण उल्लेख गर्दै निर्धारित कार्यक्रम स्थगित गरिएको जानकारी दिइएको छ । सूचनामा भनिएको छ, 'डेलिगेसन टोली सर्वोच्च अदालत जाने कार्यक्रम तय भएकोमा विशेष कारणवश उक्त कार्यक्रम स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ ।'   

Share News