डिशहोम गोमार्फत नेपाली चलचित्र ‘जय हो’ र ‘लाखे’ हेर्न सकिने

काठमाडौं । नेपाली चलचित्रप्रेमी दर्शकहरूका लागि डिशहोम गोले थप दुई चर्चित नेपाली चलचित्र ‘जय हो’ र ‘लाखे’ उपलब्ध गराएको छ । दर्शकहरूले नेपालभित्र २२५ रूपैयाँ र नेपाल बाहिर युएसडी १.९९ मात्र तिरेर डिशहोम गोमार्फत यी चलचित्र हेर्न सक्नेछन् ।

टेक पौराखी राईको निर्देशनमा बनेको ‘जय हो’ सशक्त एक्सन–ड्रामा विधाको चलचित्र हो । चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङको प्रमुख अभिनय रहेको छ । राज के. अधिकारी र सुरज सरकार निर्माता रहेको यस चलचित्रले सामाजिक अन्याय र भ्रष्टाचारविरुद्ध संघर्षरत एक दृढ पात्रको कथा प्रस्तुत गर्छ । व्यक्तिगत पीडा र सामूहिक संघर्षमार्फत परिवर्तनको सन्देश दिने ‘जय हो’ दर्शकमाझ फरक प्रभाव छोड्न सफल भएको छ ।

त्यसैगरी, सम्राट बस्नेतको निर्देशनमा बनेको ‘लाखे’ नेपाली लोककथा र नाट्य तत्वको संयोजनमा आधारित चलचित्र हो । सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनूप बिक्रम शाही र वर्षा राउतको अभिनय रहेको यस चलचित्रका निर्माता सिजन अर्याल, जी.एम. ठाकुरी र डीपी भण्डारी हुन् । परम्परागत विश्वास, समुदाय र लाखे पात्रको माध्यमबाट आशा र डरको कथा प्रस्तुत गर्ने ‘लाखे’ ले दर्शकलाई फरक स्वादको सिनेमाई अनुभव दिन्छ ।

डिशहोम गो एक आधुनिक डिजिटल मनोरञ्जन प्लेटफर्म हो, जहाँ नेपाली तथा विदेशी चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद, सर्ट फिल्महरू तथा नेपाली भाषामा डब गरिएका कोरियन ड्रामा लगायत विविध सामग्री सहज रूपमा हेर्न सकिन्छ । जहाँसुकै र जुनसुकै बेला गुणस्तरीय मनोरञ्जनका लागि डिशहोम गो दर्शकहरूको भरपर्दो डिजिटल साथी बन्दै गएको छ ।  

Share News