काठमाडौं । चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ३९ दशमलव ४५ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले मंगलबार र बुधबार काउन्सिलले लिएको परीक्षामा सहभागी ९ सय ४३ मध्ये ३ सय ७२ अर्थात् (३९.४५) जना चिकित्सक उत्तीर्ण भएका हुन् ।
परीक्षाका लागि एमबीबीएस र बीडीएसका गरी ९ सय ६७ जनाले फारम भरेपनि २४ जना अनुपस्थित रहेको काउन्सिलले जनाएको छ ।
एमबीबीएस तर्फ कुल ७ सय ९३ जनाले फारम भरेकोमा ७ सय ७५ जना सहभागी थिए । जसमध्ये ३ सय जना मात्र उत्तीर्ण भएका हुन् ।
बीडीएस तर्फ फारम भरेका कुल १ सय ७४ मध्ये १ सय ६८ जना मात्र सहभागी भएका थिए । जसमध्ये ७२ जना उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।