विकास बैंकको खुद नाफा साढे ३ अर्ब रुपैयाँ, ३ वटा अझै घाटामा

काठमाडौं । ६ महिनामा विकास बैंकहरूको खुद नाफा साढे ३ अर्ब रुपैयाँ आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा १६ वटा विकास बैंकले ३ अर्ब ४३ करोड ४२ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो गत वर्षको तुलनामा ३४.४३ प्रतिशत अर्थात् ८७ करोड ९७ लाख २२ हजार रुपैयाँ बढी हो । गत वर्षको पुसमा विकास बैंकहरूले २ अर्ब ५५ करोड ४५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए।

समीक्षा अवधिमा मितेरी डेभलपमेन्ट बैंकको नाफा सबैभन्दा धेरै वृद्धि भएको देखिन्छ । चालु आवको पुस मसान्तसम्ममा मितेरी बैंकको १२०.२५ प्रतिशत बढेर ५ करोड ७० लाख ५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ करोड ५८ लाख ८१ हजार रुपैयाँ नाफा गरेको थियो । 

यस अवधिमा सबैभन्दा धेरै नाफा भने मुक्तिनाथ विकास बैंकले गरेको छ । मुक्तिनाथ विकास बैंकको ३३.५७ प्रतिशत बढेर ६७ करोड २० लाख ४० हजार रुपैयाँ नाफा गरेको हो । यो नाफा विकास बैंकहरूमा सबैभन्दा धेरै हो । गत वर्षको पुस मसान्तमा बैंकको नाफा ५० करोड ३१ लाख २२ हजार रुपैयाँ नाफा गरेको थियो ।

लुम्बिनी विकास बैंकको ९३.३२ प्रतिशत बढेर २८ करोड ५३ लाख ७७ हजार रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ५३.९४ प्रतिशत बढेर ३० करोड २५ लाख ९७ हजार रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको २६.०३ प्रतिशत बढेर १ करोड १० लाख २ हजार रुपैयाँ, ज्योति विकास बैंकको २४.४४ प्रतिशत बढेर ३१ करोड १२ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । 

कामना सेवा विकास बैंकको २२.३४ प्रतिशत बढेर ३९ करोड ४५ लाख ५० हजार रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २२.१९ प्रतिशत बढेर ४० करोड ४२ लाख ८० हजार रुपैयाँ, कर्पाेरेट डेभलपमेन्ट बैंकको २०.५१ प्रतिशत बढेर १ करोड २९ लाख ४२ हजार रुपैयाँ, गरिमा विकास बैंकको १५.६३ प्रतिशत बढेर ६३ करोड ५१ लाख ३० हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको ६.४१ प्रतिशत बढेर ३० करोड ५९ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । 

समीक्षा अवधिमा एक्सेल डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा धनात्मक रहेको छ । एक्सेलको ८ करोड ८५ लाख ३६ हजार रुपैयाँ र सप्तकोशीको २ करोड ६८ लाख २० हजार रुपैयाँ नाफा गरेका छन् । गत वर्षको पुसमा एक्सल ९ करोड ५ लाख ३५ हजार रुपैयाँ र सप्तकोशी २ करोड ९९ लाख १७ हजार रुपैयाँ नोक्सानीमा थिए । 

समीक्षा अवधिमा विभिन्न ३ बैंक नोक्सानीमा रहेका छन् । पुस मसान्तसम्ममा सिन्धु विकास बैंक १ करोड ५४ लाख ६८ हजार रुपैयाँ, सालपा विकास बैंक १ करोड ४ लाख १ हजार रुपैयाँ र नारायणी डेभलपमेन्ट बैंक ४ करोड ७३ लाख ४७ हजार रुपैयाँ नोक्सानीमा छन् । 

null

Share News