काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत इंग्ल्यान्डले नेपाललाई १८५ रनको उच्च लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्लान्डलेर निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो ।
इंग्ल्यान्डका लागि ज्याको बेथहेलले ५५ रनको र ह्यारी ब्रुक्सले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । बेथहेलले ३५ बलमा समान ४ चौका र छक्का प्रहार गर्दा कप्तान ब्रुक्सले भने ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए ।
यी दुईबाहेक जोस बटलरले २६ रन बनाउँदा विल ज्याक्स ३९ रनमा नटआउट रहे । उनले १८ बलमा १ चौका र ४ छक्काको विष्फोटक इनिङ्स खेले ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिँदा शेर मल्ल र सन्दीप लामिछानेको नाममा १(१ विकेट रह्यो ।
विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ । समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।