काठमाडौं । सरकारले नेशनल ट्रेडिङ लिमिटेडको जग्गा बिक्री गरि कर्मचारीलाई स्वैच्छिक अवकाश दिने तयारी गरेको छ ।
घाटा चुलिएपछि जग्गा बिक्री गरेर भएपनि कर्मचारीलाई अवकाश गराउने तयारीमा नेशनल ट्रेडिङ लिमिटेड जुटेको हो ।
‘आय स्रोत नभएपछि लिमिटेडको नोक्सानी बर्सेनी बढ्दै गएको छ । कर्मचारीले महिनौंदेखि तलब पाएका छैनन्’, आपूर्तिमन्त्री दीपक बोहराले भने, ‘ति कर्मचारीलाई अवकाश दिनुपर्ने भएकाले जग्गा बिक्री गर्न लागेका हौं ।’
२८४ कर्मचारीलाई स्वैच्छिक अवकास दिन १ अर्ब ४९ करोड रुपैयाँ चाहिने भएको छ । यसको ५१ रोपनी जग्गा आयल निगमले किन्ने भएको छ । जग्गा विक्रीका लागि मन्त्रिपरिषद्बाटै निर्णय गराउने तयारीमा आपूर्ति मन्त्री रहको छन् । कान्तिपुर दैनिकबाट ।