काठमाडौं । नेपालमा रहेका ठूला दरका भारु नसाटिने निश्चित भएको छ । नेपाली पक्षले माग गरेअनुसार भारतीय पक्षले सटही सुविधा नदिएपछि नोट साट्ने समझदारी नै भएन् ।
भारतीय पक्षले गरेको प्रस्तावमा ठूला दरका नोट साट्ने सीमा नेपाली पक्षले स्वीकार गरेनन ।
नेपालले भनेजसरी भारतीय पक्षले नोट साटेन नमानेपछि नेपालीसँग भएको ५ सय र १ हजार दरका भारु उसै खेर जाने निश्चित भएको हो ।
यो नोट सटही विषयमा भने भारतीय पक्षको औपचारिक निर्णय पर्खिरहेको नेपाल राष्ट् बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले बताए ।
उनका अनुसार भारतीय पक्षले प्रस्ताव गरेको ४५ सय भारु साटने नेपाल पक्षले नमानेपछि उनिहरुले दिएको समय गुज्रिएको हो । अर्थ मन्त्रालयले समेत यो विषयमा ठोस निर्णय गर्न नसक्दा भारु सटही अनिश्चित भएको उल्लेख छ । कारोबार दैनिकबाट ।