काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको माघ २८ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १६ लाख ३ हजार ५ सय ८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूले प्राप्त गर्नेछन् ।