अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं । नागढुंगाबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले पेस्तोलसहित ३० वर्षीय केयुर पुरीलाई नियन्त्रणमा लिएको हो ।

चितवनदेखि काठमाडौंतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा हतियार फेला पारेको थियो । 

पुरीको झोलाबाट ‘मेड इन युएस लेखिएको पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली फेला पारेको थियो । 

प्रहरीले यस घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Share News