फेवातालमा माछा मार्दा एसएलआर फेला

काठमाडौं । फेवातालमा माछा मार्ने जाल हान्दा एसएलआर राइफल फेला परेको छ । बिहीबार साँझ फेवातालमा ४२ वर्षीय कुमार जलारीले जाल हान्ने क्रममा राइफल फेला पारेका हुन् । 

जलारीले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई मु वा १११ (बट) नम्बर बडी नं. १३८१० लेखिएको एसएलआर हतियार हस्तान्तरण गरेका थिए ।

त्यसैगरी, राउण्ड १८ सहितको १ थान म्यागजिनसमेत फेला परेको थियो ।

जाल हान्ने क्रममा हतियार अड्किएर आएको अवस्थामा भेटिएको कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए । 

यसबारेमा प्रारम्भिक अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ ।

Share News