राष्ट्रियसभाको १९ औं अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रियसभाको चालु १९ औं अधिवेशन शुक्रवार राति १२ बजेबाट लागू हुनेगरी अन्त्य भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको चालु १९ औं अधिवेशन आगामी फागुन १ गते राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् ।

राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अन्त्यको औपचारिक जानकारी गराए । 

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ माघ २६ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले सो अधिवेशन अन्त्य गरेका हुन् । 

माघ २९ गते जारी गरिएको पत्रानुसार २०८२ साल फागुन १ गते शुक्रबार राति १२ बजेदेखि चालु अधिवेशन स्वतः अन्त्य हुने उल्लेख छ । 

सभाको बैठकमा अध्यक्षले राष्ट्रपतिबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाउँदै १९ औं अधिवेशन आजै रातिबाट अन्त्य भएको घोषणा गरे ।

Share News