३ रुपैयाँसम्म बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुन ठाउँमा कति पर्छ ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर १५५ रुपैयाँ तय गरिएको छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३.५० रुपैयाँ कायम भएको छ । यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

Share News