काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार २ हजार ३ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार भने घटेको हो । सोमबार सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ ।
यससँगै सुनको कारोबार प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार भने एक तोला सुनको मूल्य ३ लाख ५ हजार ८ सय कायम भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी सोमबार १२५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ८६० रुपैयाँ कायम भएको छ ।