काठमाडौं । स्पेशल प्रि-ओपन सेसनमा रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंक लिमिटेडको पहिलो कारोबार भएको छ । सोमबार भएको स्पेशल प्रिओपन सेसनमा दुवै कम्पनीको सेयर प्रतिकित्ता ३ सय रुपैयाँमा पहिलो कारोबार भएको हो ।
यी कम्पनीका सेयरहरू फागुन १ गते नेप्सेमा सूचीकृत भएका थिए । रिलायन्स स्पिनिङ्ग मिल्सको १०० रुपैयाँ अंकित मूल्य भएका कुल १ करोड ९० लाख कित्ता साधारण सेयर सूचीकृत भएको थियो भने सालपा विकास बैंकको १०० रुपैयाँ अंकित मूल्यका कुल ५२ लाख २३ हजार ८८० कित्ता साधारण सेयर सूचीकृत भएका थिए ।
नेप्सेले सूचीकरण अघि ओपनिङ रेन्जमा नयाँ व्यवस्था लागू गर्दै फेस भ्यालुको तीन गुणा मात्र ओपनिङ रेन्ज तोकेको थियो । सोही अनुसार दुवै कम्पनीको पहिलो कारोबार सम्पन्न भएको नेप्सेले जनाएको छ ।