नेशनल लाइफले गर्यो मधेश प्रदेशका अभिकर्ताहरू सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जनकपुरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका ७७ जना अभिकर्ताहरुसहित विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं मधेश प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
 
सीईओ सुरेशप्रसाद खत्रीले मधेश प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सीईओे क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए । त्यस्तै, नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल र सर्टिफिकेट प्रदान गरिएको थियो ।

साथै सो प्रदेशबाट आफ्नो कोड र संजलमा प्रथम द्वितीय र तृतीय हुन सफल उत्कृष्ट अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । 

सीईओ खत्रीले सीईओ क्लबमा नेपालभरबाट १ हजार ६०० जना भन्दा बढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए ।

अभिकर्ताहरुलाई प्रशिक्षक सैयद अफ्जल अहमदले तालिम प्रदान गरेका थिए ।

null
 

Share News