काठमाडौं । सोमबार सेयर बजार एकल अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार ८.१६ अंकले घटेर २६६२.९१ विन्दुमा कायम भएको छ ।
आज ३३५ स्टकको ८० हजार ५५९ पटक कारोबारमा १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर, रिलायन्स स्पेलिग्स मिल्स र साल्पा विकास बैंकको सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, खानीखोला हाइड्रोपावरको सेयरमूल्य ९.३८ प्रतिशतले घटेको छ ।
आज कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६५ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यसैगरी, आंखुखोलाको ५२ करोड ३६ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ । न्यादी ग्रुप पावरको ४८ करोेड २७ लाख रुपैयाँको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ३ उपसूमहको परिसूचक बढेको छ भने बाँकीको घटेको छ । वित्त ०.५६, होटल तथा पर्यटन ०.४३ र उत्पादन ०.४९ प्रतिशतले बढेको छ । बैंकिङ ०.१२, विकास बैंक ०.४६, हाइड्रोपावर १.०२, लगानी ०.६१, जीवन बीमा ०.५५, माइक्रोफाइनान्स ०.२३, म्युचल फण्ड ०.२१ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमा ०.५२, अन्य ०.०७, व्यापार ०.६८ प्रतिशतले घटेको छ ।