बुद्धिजीवीहरू भन्छन्– नीति र नेतृत्व परिवर्तनले कांग्रेसमा नयाँ आशा जागेको छ

काठमाडौ । पेशाकर्मी तथा बुद्धिजीवीहरुले नेपाली कांग्रेसमा परिवर्तन आएको भन्दै यसले देशमा आशा जगाएको टिप्पणी गरेका छन् । उनीहरूले कांग्रेसले अपेक्षाअनुसार नीति तथा नेतृत्व परिवर्तन गरेको भन्दै यसले आशा जगाएको बताए ।

उनीहरूले यसका लागि नेतृत्व गरेको भन्दै महामन्त्री प्रदीप पौडेललाई धन्यवाद समेत दिए । 

पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा महामन्त्री पौडेलबाट अब देशले गति लिने विश्वास  उनीहरूले गरेका छन् ।

उनीहरूले काठमाडौं ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका पौडेललाई शुभकामना पनि दिएका छन्।

कार्यक्रममा पूर्वमन्त्री नरहरि आचार्यले पौडेलसँग नेतृत्व क्षमता रहेको भन्दै जीतको शुभकामना दिए ।

त्यस्तै, पूर्वराजदूत शम्भुराम सिम्खडाले अहिले कांग्रेसबाट आशा गर्न सकिने भन्दै आशा दिन सक्ने व्यक्ति महामन्त्री पौडेल भएको बताए ।

अर्थशास्त्री डा. पोषराज पाण्डेले कांग्रेसबाट परिवर्तन आवश्यक रहेकोमा त्यो सफल भएको भन्दै पार्टीमा भएको परिवर्तनलाई संस्थागत गर्न सहकार्य गरेर अघि बढ्न आग्रह गर्दै शुभकामना दिए ।

कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस अब फेरि राजनीतिको विश्वविद्यालय हुने बताए । बुद्धिजीवी तथा पेशागत समूहद्वारा काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै उनले समाजमा योगदान दिने जो कोही आउन मिल्ने बनाइने बताए ।

Share News