जनकपुर । कजारियाले जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरुम सञ्चालनमा ल्याएको छ। बाबा अटोमाटा ट्रेडिङ प्रालिद्वारा सञ्चालनमा ल्याइएको उक्त शोरुम जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रति बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले शोरुमको उद्घाटन गरे ।
ग्राहकहरूले शोरुममा आवासीय, व्यावसायिक तथा आर्किटेक्चरल प्रयोगका लागि उपयुक्त विविध डिजाइन तथा शैलीहरू अवलोकन गर्न सक्नेछन् ।
कजारिया रमेश टाइल्सले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ ।
अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३ हजारभन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ ।
हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरुमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ ।
कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०*१२) सेमी, ६०*६० सेमी, १९.५*१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०*४० सेमी) तथा सेरामिक वाल टायल (३०*६० सेमी, ३०*४५ सेमी) समावेश छन्। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन्।
