२१४ कम्पनीको सेयर मूल्य घट्यो, ८ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० अंकले घटेर २६४२ बिन्दुमा झरेको छ ।

नेप्सेका अनुसार ४२ कम्पनीको सेयर मूल्य बढ्दा २१४ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

मंगलबार ३५४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको भएको छ । रिडि पावरको ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै आँखु खोला जलविद्युत कम्पनीको ४४ करोड, न्यादी गुप्रको ३१ करोड २८ लाख, सीईडीबी होल्डीङसको ३१ करोड र एसवाई प्यानलको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।   

Share News