राहदानी विभागले भोलि र पर्सिको बिदामा पनि सेवा दिने

फाइल तस्बिर ।

काठमाडौं । राहदानी विभागले दुई दिनको सार्वजनिक बिदामा सेवा दिने भएको छ । 

विभागले मंगलबार (आज) सूचना जारी गरेर फागुन ६ गते ग्याल्पो ल्होछार र फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पनि सेवा सुचारु गर्ने जनाएको हो । 

विभागका अनुसार बुधबार राहदानी वितरण गरिने र बिहीबार राहदानीको आवेदन फारम संकलन हुने भएको हो । 

भोलि बिहान १० देखि दिउँसो १ बजेसम्म सेवा सुचारू हुने भएको छ ।

Share News