काठमाडौं । होटल फरेस्ट इन (होलिडे इन रिसोर्ट, बुढानीलकण्ठ) ले आफ्नो सेयर रजिस्टारमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनी र क्यापिटलबीच सेयर रजिस्टार नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको हो ।
सम्झौताअनुसार सेयर रजिष्ट्रार सेवाअन्तर्गत एनआईसी एशिया क्यापिटलले कम्पनीका संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण सेयरहरू सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) मा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबारका लागि सूचीकृत गर्ने, तथा सर्वसाधारणमा बाँडफाँड भएका सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गर्नेछ ।
यसैगरी, कारोबार भएका सेयरहरूको अभिलेख राख्ने, दाखिला–खारेज गर्ने, सेयरधनी लगत अद्यावधिक गर्ने लगायतका सम्पूर्ण सेयर रजिस्टारसम्बन्धी कार्यहरू फागुन १० गतेदेखि एनआईसी एशिया क्यापिटलमार्फत सञ्चालन हुने कम्पनीले जनाएको छ ।