काठमाडौं । सिम्रिक एयर लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने गरी प्रक्रिया अघि बढाएको हो ।
आईपीओ निष्काशनको अनुमतिका लागि कम्पनीलाई नेपाल धितोपत्र बोर्डमा दर्ता गर्ने तथा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न फागुन २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा साँझ ५ बजे रजिस्टर्ड कार्यालय काठमाडौंमा बोलाएको छ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गर्नेछ । साथै, सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यस्तै सभाले चालु आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने कम्पनीले जनाएको छ ।