सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रममा ब्रेक लागेको छ । 

पछिल्लो समय निरन्तर घटिरहेको सुनको मूल्य बिहीबार ४ हजार ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको छ  । 

बुधबार भने एक तोला सुनको मूल्य ३ लाख ४ सय कायम थियो । बुधबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी बिहीबार ८० रुपैयाँले बढ्दै प्रतितोला ८ हजार ६० रुपैयाँ कायम भएको छ । 

Share News