काठमाडौं । नेपालमा टीभीएस एनटर्क– १२५ १ लाख ५० हजार बिक्री भएको जगदम्बा मोटर्सले जनाएको छ ।
१ लाख ५० हजार बिक्री भएको अवसरमा जगदम्बा मोटर्सले बुधबार देशभरका अधिकृत टीभीएस शोरूमहरूमा सेलिब्रेट गर्यो ।
कार्यक्रममा ग्राहक, राइडर समुदाय तथा डिलरहरूको उल्लेख्य सहभागिता देखिएको कम्पनीले बताएको छ ।
यो उपलब्धि बिक्री अंक मात्र नभई विश्वासको प्रमाण पनि भएको कम्पनीको दाबी छ।
लञ्चदेखि नै एनटर्कले रेसिङ–इन्स्पायर्ड डिजाइन, दमदार परफर्मेन्स र स्मार्ट कनेक्टेड विशेषतामार्फत युवावर्ग र सहरी कम्युटरहरूबीच लोकप्रियता कमाउँदै आएको छ ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहक, डिलर तथा साझेदारप्रति आभार व्यक्त गर्दै यो उपलब्धि नेपाली राइडरहरूको भरोसा र देशव्यापी सेवा नेटवर्कको प्रतिफल भएको बताए ।
जगदम्बा मोटर्स शंकर ग्रुप अन्तर्गत नेपालमा टीभीएसको अधिकृत वितरक हो ।