काठमाडौं । एमालेका रामवीर मानन्धर कांग्रेस प्रवेश गरेका छन् । बिहीबार (आज) राष्ट्रिय सभागृहमा आयोजित प्रतीज्ञापत्रबारे प्रश्नोत्तर कार्यक्रममा उनी कांग्रेस प्रवेश गरेका हुन् ।
मानन्धर एमालेबाट निर्वाचित भएर सहरी विकास राज्यमन्त्री पनि बनेका थिए । उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट २०७४ मा निर्वाचित भएका थिए । उनी १८ हजार १०२ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
सभापति गगन थापाको प्रश्नोत्तर कार्यक्रमपश्चात पार्टी प्रवेश कार्यक्रममा उनलाई स्वागत गरिएको हो ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य दीपक केसी पनि कांग्रेस प्रवेश गरेका छन् ।
त्यस्तै, नेकपा एमाले रसुवाका जिल्ला कमिटीका अध्यक्ष जनार्दन ढकाललगायत ७८ जना कांग्रेस प्रवेश गरेका छन्।