काठमाडौं । टाटा कमर्सियलले फाल्गुन १० देखि १५ गतेसम्म होली सर्भिस क्याम्प सञ्चालन गर्ने घोषणा गरेको छ ।
यो क्याम्प देशभर सिप्रदीका २० वटा सर्भिस सेन्टरमा एकैसाथ सञ्चालन हुनेछ । कार्यक्रममा ग्राहकका गाडीको सुरक्षित यात्रा सुनिश्चित गर्न १० वटा प्वाइन्टहरु जाँच सुविधा उपलब्ध गराइनेछ । जसमा ब्रेक सिस्टम, कुलिङ सिस्टम, इन्जिन हेल्थ तथा ल्युब्रिकेशन, टायर/व्हील सेफ्टी, इलेक्ट्रिकल सिस्टम, स्टेरिङ र सस्पेन्सन, क्लच र ट्रान्समिसन, क्याबिन सेफ्टी, च्यासिस तथा अन्डरबडी चेक, र इमरजेन्सी तथा सेफ्टी सम्बन्धि जाँच समावेश छन् ।
यदि गाडीमा मर्मत वा संभार आवश्यक परेमा ग्राहकहरूले टाटा जेन्यूइन पार्ट्समा १५–२० प्रतिशत छुट, ल्युब्रिकेन्टमा २२ प्रतिशत छुट, र लेबर चार्जमा ५० प्रतिशत छुट पाउनेछन् । सर्भिस प्याकेजमा दर्ता भएमा यी सुविधा एक वर्षसम्म उपलब्ध हुने व्यवस्था गरिएको छ ।
साथै, प्रि-सर्भिस बुकिङ्ग गरी वर्कशपमा आउने भाग्यशाली तीन ग्राहकलाई स्मार्टफोन जित्ने सुनौलो अवसर पनि प्रदान गरिएको छ। कम्पनीले यस अवधिभरमा २००० भन्दा बढी गाडीको चेकअप गर्ने लक्ष्य लिएको छ ।