काठमाडौं । टाइल ब्रान्ड कजारिया रमेश टाइल्स लिमिटेडले भक्तपुरको इटापाको, सल्लाघारीमा नयाँ शोरूम उद्घाटन गरेको छ ।
उक्त शोरूम पीएनएस ट्रेडर्स एण्ड सप्लायर्सद्वारा सञ्चालन गरिएको हो र फागुन ९ गतेदेखि सर्वसाधारणका लागि औपचारिक रूपमा खुला गरिएको छ ।
उद्घाटन समारोहमा कजारियाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले नेपाली बजारप्रतिको कम्पनीको प्रतिबद्धता र गुणस्तरप्रतिको समर्पणलाई झल्काएको छ । रिबन काटेर सम्पन्न गरिएको उद्घाटनले भक्तपुर तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई उच्चस्तरीय टाइल समाधान उपलब्ध गराउने नयाँ अवसरको सुरुवात गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा आश्मा केसीको उपस्थितिले समारोहलाई थप आकर्षक बनाएको थियो ।
उक्त अवसरमा कम्पनीका प्रतिनिधिले कजारियाले सधैँ उत्कृष्ट उत्पादन उपलब्ध गराउने लक्ष्य राखेको उल्लेख गर्दै नयाँ सल्लाघारी शोरूममार्फत ग्राहकहरूलाई आधुनिक, मजबुत र आकर्षक टाइल समाधान अझ सहज रूपमा उपलब्ध गराउने बताए । नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्र रूपमा विकास भइरहेको सन्दर्भमा कम्पनीले अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस क्षेत्रको विकासमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।
नयाँ शोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शन गरिएको छ, जसले ग्राहकहरूलाई आफ्नो इन्टेरियर आवश्यकताअनुसार विभिन्न डिजाइन र विकल्प सहज रूपमा छनोट गर्न सहयोग पुर्याउनेछ । कम्पनीका अनुसार यस पहलले नवप्रवर्तन, गुणस्तर र डिजाइनप्रतिको प्रतिबद्धतालाई थप सुदृढ गर्दै नेपालमा ब्रान्डको उपस्थितिलाई अझ मजबुत बनाएको छ ।
कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको अत्याधुनिक टाइल उत्पादन उद्योगमार्फत अन्तर्राष्ट्रिय गुणस्तरका ३ हजार भन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई आकर्षक, टिकाउ र आधुनिक बनाउने कम्पनीको विश्वास छ ।