काठमाडौं । सामसङले आगामी ग्यालेक्सी स्मार्टफोनको आधिकारिक सार्वजनिक हुनुअघि नै ग्राहकहरूका लागि ‘ह्यान्ड रेजर’ (प्रि–रिजर्भ) अफर सार्वजनिक गरेको छ । यस अफरमार्फत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोन अग्रिम बुकिङ गर्दै अधिकतम २० हजार ९९९ रुपैयाँसम्मका लाभ प्राप्त गर्न सक्नेछन् ।
प्रारम्भिक ग्राहक तथा ब्रान्डप्रति निष्ठावान प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो योग्य पुरानो स्मार्टफोन साटेर नयाँ डिभाइस प्रि–रिजर्भ गर्न सक्नेछन् । प्रि–रिजर्भ गर्ने ग्राहकहरूले १ टीबीसम्मको मेमोरी अपग्रेड (१५ हजार रुपैयाँसम्म बराबर) र ६० वाटको फास्ट चार्जर (५ हजार ९९९ रुपैयाँसम्म बराबर) प्राप्त गर्नेछन् ।
यो एक्सचेन्ज सुविधा ग्यालेक्सी एस२३, एस२४, एस२५ तथा आईडिभाइस १४, १५ र १६ जस्ता प्रिमियम स्मार्टफोनहरूका लागि उपलब्ध हुनेछ । ‘ह्यान्ड रेजर’ अफर फेब्रुअरी २३ देखि २६, २०२६ सम्म मात्र मान्य रहनेछ । यस अवधिमा ग्राहकहरूले योग्य डिभाइस एक्सचेन्ज गर्दै नयाँ एआई–सञ्चालित ग्यालेक्सी स्मार्टफोन विशेष मूल्यमा प्रि–रिजर्भ गर्न सक्नेछन् ।
सामसङ एमएक्स डिभिजनका निर्देशक प्रणय रत्न स्थापितका अनुसार यस अफरमार्फत कम्पनीले आफ्ना निष्ठावान ग्राहकहरूलाई नयाँ प्रविधिमा अपग्रेड गर्दा अतिरिक्त लाभ र प्राथमिक पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ । उनले यो कार्यक्रम नेपालका उपभोक्तालाई स्मार्ट प्रविधि, थप मूल्य र सहज अपग्रेड अनुभव उपलब्ध गराउने प्रतिबद्धताको हिस्सा भएको बताए ।
ग्राहकहरूले samsungcampaigns.com मा गई ‘ह्यान्ड रेजर’ अफर चयन गरी आफ्नो विवरण दर्ता गरेर प्रि–रिजर्भेसन सुनिश्चित गर्न सक्नेछन् ।
साथै, सामसङका अधिकृत स्टोरहरूमा हुलास फिनसर्भ हायर पर्चेजद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले शून्य प्रतिशत ब्याज, शून्य प्रतिशत डाउन पेमेन्ट र २४ महिनासम्मको किस्ता सुविधासहित नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्न सक्नेछन् । यसका लागि ग्राहकलाई नागरिकता प्रमाणपत्र मात्र आवश्यक पर्ने कम्पनीले जनाएको छ ।