२१ अंकले बढ्यो नेप्से, ४ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ अंकले बढेर २६३८ बिन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार २१३ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

मंगलबार ३२८ कम्पनीको ९३ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा कारोबार एसवाई प्यानलको भएको छ । एसवाई प्यानलको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै आँखु खोला जलविद्युतको २४ करोड, राधी विद्युत कम्पनीको १६ करोड, न्यादी गुप्रको १५ करोड र रिडि पावरको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

मंगलबारको कारोबारमा १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै २.०२ प्रतिशत बढेको छ । साथै, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । 

साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
 

Share News