राष्ट्र बैंकले ३० प्रतिशत पुर्यायो नन-डेलिभरेबल फरवार्ड कारोबारमा प्राथमिक पुँजीको सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नन-डेलिभरेबल फरवार्ड कारोबारमा प्राथमिक पुँजीको सीमा बढाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले गर्ने नन-डेलिभरेबल फरवार्ड कारोबारमा कायम प्राथमिक पुँजीको सीमा ३० प्रतिशत पुर्याउने घोषणा गरेको हो । 

राष्ट्र बैंकका अनुसार हाल कायम रहेको प्राथमिक पुँजीको २५ प्रतिशतको सीमालाई बढाएर ३० प्रतिशत पुर्याइनेछ ।

Share News