एक अर्ब लगानीमा आईजिआई प्रुडेन्सियलको १२ तले भवन सञ्चालनमा, 'बीमा क्षेत्रकै ठूलो संरचना'

काठमाडौं । निर्जीवन बीमा कम्पनी आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नवनिर्मित भवन सञ्चालनमा आएको छ । बिहीबार (आज) एक कार्यक्रमबीच नवनिर्मित भवनको उद्घाटन भएको हो ।

काठमाडौंको पानीपोखरीमा करिब एक अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो भवन १२ तलाको छ भने  ६० हजार स्क्वायर फिट क्षेत्रमा फैलिएको छ ।

२०५५ सालमा स्थापना भएको यो कम्पनी २०७४ सालमा आएर आइएमई जनरल इन्स्योरेन्सको नामबाट कार्य आरम्भ गरेको थियो । २०८० वैशाखमा प्रुडेन्सियल इन्स्योरन्ससँग मर्ज भएसँगै आईजिआई प्रुडेन्सियलको नामबाट सेवा सञ्चालन भएको हो ।

null

२७ वर्षको इतिहास बोकेको यो कम्पनीले आज बीमा उद्योगकै सबैभन्दा ठूलो भवन निर्माण गर्न सफल भएको छ । कम्पनीका अध्यक्ष हेमराज ढकालका अनुसार १६ वर्षअघि अहिलेको भवन निर्माण भएको जग्गा आईएमई फाइनान्सले भवन बनाउनका लागि खरिद गरेको थियो ।

पछि आइएमई फाइनान्स र ग्लोबल आईएमई बैंक मर्ज भएपछि भवन पनि कमलादीमा बनाउने निर्णयपछि आइजिआईले नै यो जग्गा पुनः खरिद गर्ने मौका पाएको अध्यक्ष ढकालले जानकारी दिए ।

अध्यक्ष ढकालका अनुसार नयाँ भवन निर्माण गर्दा ग्लोबल स्ट्यान्डर्ड पालना गरिएको छ । ढल प्रशोधन प्रविधिदेखि खुला हावाको अवधारणामा आधारित रहेर निर्माण गरिएको छ ।

कर्मचारीहरूका लागि सुविधायुक्त बनाएको छ । विशेषगरी साना बच्चा भएका महिला कर्मचारीहरूका लागि बच्चा राख्ने र खेलाउने ठाउँको व्यवस्था पनि गरिएको छ । 

null

हेमराज ढकाल ।

कार्यक्रममा अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय बजारमा नेपालको बीमा बजार परिपक्व हुँदै गएकाले अब कम्पनीलाई ग्लोबल मार्केटमा लैजानुपर्ने आवश्यकता औंल्याए । आगामी दिनमा कृत्रिम बौद्धिकता (एआई) र मेसिन लर्निङजस्ता प्रविधि प्रयोग गरेर ‘प्रिडिक्टिभ क्लेम म्यानेजमेन्ट’ र जोखिम विश्लेषण गर्ने योजना कम्पनीको रहेको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेश भक्त वादे श्रेष्ठले यो भवन निर्माणसम्म पुग्नुमा कम्पनीको निरन्तरत प्रगति र संस्थागत दीर्घकालीन दृष्टिकोणको प्रतीक भएको बताए।

उनले भने, ‘आज हामी केवल एउटा भवन उद्घाटन गरिरहेका छैनौं, हामी हाम्रो प्रतिबद्धता विश्वास र सेवाप्रतिको अर्थ समर्पणमा नया उत्साहित पुर्याउने संकल्पलाई उद्घाटन गरिरहेकाछौं ।’ 

null

युगेश भक्त वादे श्रेष्ठ ।

यो यात्रामा मार्गदर्शन गर्ने सबै अध्यक्ष नियामक निकाय, सञ्चालक समिति, व्यवस्थापन, कर्मचारीलगायतलाई उनले धन्यवाद दिए ।

नयाँ कार्यस्थल अझ व्यवस्थित प्रभाकारी ग्राहक केन्द्रित सेवा प्रवाहमा अपनाउने उनले प्रतिबद्धता जनाएका छन्।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले कम्पनीको यो सफलता सिंगो बीमा क्षेत्रकै लागि खुसीको विषय भएको र नेपाली समाज पनि कमजोर छैन भन्ने कुराको प्रमाण भएको बताए । 

कार्यकारी निर्देशक सुवेदीले नेपालको बीमा व्यवसाय दक्षिण एसियामै प्रतिष्ठित रहेको र तुलनाात्मक रूपमा बीमामा हुने धोक्काधडीका घटना कम रहेको उल्लेख गरे ।

नेपाली सीप र क्षमतालाई देश बाहिर पनि व्यवसाय विस्तार गर्न दिनुपर्छ भन्ने मान्यताका साथ प्राधिकरणले ऐन नियम विस्तार परिमार्जन गर्दै लगेको पनि उनको भनाइ छ । 

null

सुशीलदेव सुवेदी ।

सुवेदीका अनुसार प्राधिकरणले अब ‘अफर्मेटिभ डिस्क्रिमिनेसन’ र ‘प्रपोर्सनालिटी’ को सिद्धान्त अनुसार नीतिहरू ल्याइरहेको छ । ‘गल्ती गर्नेलाई मात्र सजाय दिने र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने नीति लिइएको छ,’ सुवेदीले भने, ‘हिजो प्रत्येक लगानीको फाइल प्राधिकरणमा ल्याउनुपर्ने परम्परालाई अन्त्य गरी अहिले कम्पनीहरूलाई नै निश्चित प्यारामिटर भित्र बसेर लगानी र स्थिर सम्पत्ति खरिद गर्ने अधिकार छोडिएको छ ।’

प्राधिकरणको मुख्य भूमिका पोलिसी होल्डरको इन्ट्रेस्ट प्रोटेक्सन गर्नु रहेको र व्यापारलाई कस्न नभई प्रवर्द्धन गर्न बसेको भए पनि बीमितको हित रक्षा नभएको खण्डमा प्राधिकरणले हस्तक्षेप गर्ने उनले स्पष्ट पारे । 

Share News