त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४८ राहदानीसहित महिला पक्राउ

काठमाडौं । ४८ थान राहदानी बोकेर दिल्ली जान लागेकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ घर भएकी ४५ वर्षीया तारा चन्द चौधरी रहेकी छन् ।

उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सुरक्षा कार्यालयले विमानस्थल परिसरबाटै नियन्त्रणमा लिएको हो । चौधरी भुटान एयरलायन्सको बी३ ७७३ नम्बरको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेकी थिइन् ।

उनको झोलाबाट विभिन्न व्यक्तिका ४८ थान राहदानी बरामद भएपछि नियन्त्रणमा लिइएको हो । थप अनुसन्धानका लागि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको प्रहरीले जनाएकाे छ।

Share News