काठमाडौं । काठमाडौंमा रात्रिकालीन व्यवसाय राति ९ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर १८ गतेदेखि अर्को निर्णय नभएसम्म ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको हो ।
१८ गतेदेखि ९ बजे पछाडि रात्रिकालीन व्यवसाय बन्द गर्नुपर्ने सीडीओ कार्यालयले जनाएको छ ।
अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ ।
