काठमाडौं । युएईस्थित नेपाली दूतावासले नेपालीलाई सामाजिक सञ्जालमा भ्रम फैलिने फोटो तथा भिडियो खिचेर पोष्ट नगर्न युएईस्थित नेपाली दूतावासले निर्देशन दिएको छ ।
भ्रामक तस्विर फोटो तथा फोटो सार्वजनिक गरेमा कानून बमोजिम कारबाही भोग्नुपर्ने युएईका आधिकारिक निकायबाट प्राप्त भएको दूतावासले उल्लेख गरेको छ ।
‘यूएईमा विकसित परिस्थितिका सन्दर्भमा सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य कुनै पनि प्राविधिक माध्यममार्फत अज्ञात स्रोतबाट आएका हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामाग्री प्रकाशन वा प्रसारण नगर्नु,’ दूतावासले भनेको छ,’ यहाँको सुरक्षा स्थितिबारे भ्रम फैलिने किसिमले तस्बिर र भिडियो खिची पोष्ट नगर्न युएईमा रहनुभएका सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरिएको छ।'
