श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सीईओमा अनिल जोशी नियुक्त

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनिल जोशी नियुक्त भएका छन् ।

फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका जोशीलाई स्थायी रूपमा सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको कार्यकाल फागुन २३ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि रहने कम्पनी सचिव खिम बहादुर कार्कीले जानकारी दिए ।  

Share News