सुनको मूल्य तोलामा ३ लाख २० हजार ५०० रुपैयाँ पुग्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।  गत शुक्रबारको तुलनामा सुन तोलामा पाँच हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला दुई सय ४५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला तीन लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार  छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला पाँच ९८५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 

Share News