काठमाडौं । भिभोलेले मार्च २ देखि ५ सम्म स्पेनको बार्सिलोनामा आयोजना हुने मोबाइल वल्र्ड कांग्रेस (एमडब्ल्यूसी) २०२६ मा आफ्नो सहभागिताको घोषणा गरेको छ । कम्पनीले उक्त कार्यक्रममा आगामी फ्ल्यागशिप स्मार्टफोन ‘एक्स३०० अल्ट्रा’को पहिलो ग्लोबल प्रिभ्यु प्रस्तुत गर्ने जनाएको छ ।
एमडब्ल्यूसी २०२६ मा भिभोको पहिलो उपस्थिति कम्पनीको विश्वव्यापी प्रविधि नेतृत्वतर्फको यात्रामा महत्वपूर्ण रणनीतिक उपलब्धि हुने बताइएको छ । यसले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति विस्तार गर्ने र प्रिमियम पोर्टफोलियो सुदृढ गर्ने कम्पनीको प्रतिबद्धता झल्काउनेछ । मोबाइल प्रविधिको प्रभावशाली मञ्च मानिने एमडब्ल्यूसीले भिभोलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, उद्योग नेतृत्व, अपरेटर तथा साझेदारहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्नेछ ।
कार्यक्रममा ‘एक्स३०० अल्ट्रा’ मुख्य आकर्षणका रूपमा रहनेछ । कम्पनीका अनुसार यो मोडेल मोबाइल फोटोग्राफी र भिडियोग्राफीमा हालसम्मकै सबैभन्दा उन्नत प्रयास हो । अप्टिक्स इन्जिनियरिङ, कम्प्युटेशनल फोटोग्राफी र सिस्टम–स्तरीय अप्टिमाइजेसनमा गरिएको लगानीको परिणाम यसमा झल्किने बताइएको छ ।
यसका साथै ‘एक्स३००’ सिरिज, ‘एक्स फोल्ड ५’ र ‘भी७०’ सिरिजलगायत उत्पादनहरूको पनि प्रदर्शन गरिनेछ । ह्यान्ड्स–अन डेमोमार्फत इमेजिङ र एआई जस्ता प्रविधिलाई कसरी सहज तथा मानव–केन्द्रित अनुभवमा रूपान्तरण गरिएको छ भन्ने प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।