काठमाडौं । टाइल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा नयाँ शोरूम उद्घाटन गरेको छ । गोदावरी ग्रेनाइट एन्ड टाइल्सले हरिसिद्धि, ललितपुरमा लामिनारको प्रिमियम एम्पोरियो शोरूमको औपचारिक उद्घाटन गरेको हो ।
शोरूमको उद्घाटन गोदावरी ग्रेनाइट एण्ड टाइल्सका डाइरेक्टर ओमप्रकाश गोयल र लुम्बिनी सेरामिक्सका डाइरेक्टर आशुतोष खेतानले संयुक्त रूपमा गरेका थिए ।
नयाँ शोरूममा लामिनारका उच्च गुणस्तरयुक्त, अत्याधुनिक र टिकाउ टाइलहरू प्रदर्शनमा राखिएका छन् । यी टाइलहरू आधुनिक आवासीय घर, व्यावसायिक भवन, होटल, अस्पताल, विमानस्थल तथा ठूला सार्वजनिक पूर्वाधार परियोजनालाई लक्षित गरी डिजाइन गरिएका छन् ।
कम्पनीका अनुसार लामिनारका टाइलहरू एनएस ६१७ प्रमाणित पूर्ण भिट्रिफाइड छन्, जसको पानी अवशोषण दर ०.०८ प्रतिशतभन्दा कम छ । कम पानी अवशोषण दरका कारण टाइलहरू अत्यधिक टिकाउ र दीर्घकालीन हुने दाबी गरिएको छ । बर्दियाको गुलरियास्थित अत्याधुनिक कारखानामा इटालियन तथा स्पेनिस ग्लेज र डिजिटल इंक प्रणाली प्रयोग गरी उत्पादन गरिएका यी टाइलहरूले सतह निर्माण क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको भनाइ छ ।
लामिनारले ८ भन्दा बढी कलेक्सन र ५५० भन्दा बढी एसकेयू उपलब्ध गराउँदै नेपालकै ठूलो भिट्रिफाइड टाइल पोर्टफोलियो प्रदान गर्दै आएको जनाएको छ । उत्पादनमा मार्बल लुक, समकालीन कंक्रीट डिजाइन, उच्च ट्राफिक क्षेत्रका लागि पीईआई ५ घर्षण प्रतिरोध, एमओएचएस ९ कठोरता (स्क्र्याच प्रतिरोधी) तथा आर१२ स्लिप प्रतिरोधजस्ता विशेषता समावेश छन् ।
शोरूम उद्घाटनसँगै लामिनारका उत्पादनहरू सातै प्रदेशमा १९० भन्दा बढी डिलर सञ्जालमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
गोदावरी ग्रेनाइट एण्ड टाइल्सका निर्देशक कृष्ण मणि बिधारीले उद्घाटन समारोहमा लामिनारले प्रदर्शन र डिजाइन दुवैमा उत्कृष्ट पूर्ण भिट्रिफाइड उत्पादन प्रदान गर्दै आएको बताए । 'यसको गुणस्तरमा निरन्तरताले बजारमा ठूलो विश्वास जितेको छ । नयाँ शोरूम घरधनी, आर्किटेक्ट, इन्जिनियर तथा ठूला संस्थाका लागि टिकाउ र भविष्य–उन्मुख सतह समाधान अनुभव गर्ने उत्कृष्ट स्थान बन्नेछ,' उनले भने ।
उन्नत नेपाली उत्पादन, निरन्तर डिजाइन नवप्रवर्तन र राष्ट्रव्यापी विस्तारसँगै लामिनारले ‘मेड इन नेपाल’ पूर्ण भिट्रिफाइड प्रविधिमार्फत मजबुती, टिकाउपन र दीर्घकालीन विश्वसनीयता प्रदान गर्दै टाइल उद्योगमा नयाँ उचाइ कायम गर्ने लक्ष्य लिएको जनाएको छ ।