काठमाडौं । निर्वाचन प्रयोजनका निम्ति १ हजार ८६५ उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले आजसम्ममा १ हजार ८६५ उम्मेदवारले खाता खोलेको विवरण प्राप्त जानकारी भएको बताए ।
उनका अनुसार १ हजार ५४१ उम्मेदवारले अझै बैंक खाता खोलेका छैनन् ।
१ सय ६५ निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार छन् । प्रत्यक्षतर्फ ६४ दल र स्वतन्त्र गरी तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
११ दलले बैंक खाता खोल्न सिफारिस लगेको आयोगले जनाएको छ ।
फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।