काठमाडौं । निर्वाचन आयोगले एकपटक भन्दा बढी मतदान गर्ने मतदातालाई कारबाही गर्ने भएको छ ।
एकभन्दा बढी पटक मतदान गर्ने व्यक्तिलाई मतदान अधिकृतले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने आयोगले जनाएको छ ।
‘कुनै पनि मतदाताले एउटै निर्वाचनमा एक पटकभन्दा बढी मतदान गर्न पाइँदैन,’ आयोगले भनेको छ ।