काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा भ्रम फैलाउने एक व्यक्ति पक्राउ परेका छन् ।
शुक्रबार काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले २३ वर्षीय प्रकाश भट्टलाई पक्राउ गरेको हो ।
उनलाई काठमाडौं महानगरपालिका ५ डबली चोकस्थितबाट पक्राउ गरिएको थियो ।
उनले सामाजिक सञ्जाल टिकटकमा ‘झापामा बालेन साह माथि गोली प्रहार’ लेखी भ्रामक सूचना सम्प्रेषण गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।